बाम्का आगलागी घटना : राहत वितरणमा एकद्वार प्रणाली अपनाइने

हिमाल प्रेस २५ जेठ २०८२ ७:२६
6
SHARES
बाम्का आगलागी घटना :  राहत वितरणमा एकद्वार प्रणाली अपनाइने

बाजुरा- बुढीगंगा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न एकद्वार प्रणाली अपनाउने भएको छ। गत शुक्रबार नवदुर्गा होटलमा खाना पकाउन राखिएको सिलिण्डरबाट ग्यास चुहावट भएर आगलागी हुँदा ३१ पसल पूर्ण रूपमा क्षति भएको छभने सात पसलमा आंशिक क्षति भएको प्रारम्भिक अनुमान छ।

आगलागीबाट बजार नै ध्वस्त हुँदा करिब १५ करोडभन्दा बढी क्षति भएको बताइएको छ। राहत वितरणका लागि बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन समेत गरिएको छ।

शनिबार बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले अग्निपीडितलाई राहत तथा पुनःस्थापनाका लागि एकद्धार प्रणालीमार्फत वितरण तथा पुनःस्थापना गर्न बुढीगंगा नगर प्रमुख बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको वडा नं ६ का वडाध्यक्ष हेमराज जैशीले जानकारी दिए।

उनका अनुसार समितिमा त्रिवेणी नगर प्रमुख कर्णबहादुर थापा, उपप्रमुख कमला जैशी (न्यौपान), बुढीगंगा नगरपालिकाका उपप्रमुख माया खड्कालगायत छन्।

दुवै नगरपालिकाको संयुक्त बैठकले आगलागीपीडितलाई उचित राहत र पुन:स्थापनाका लागि स्थानीय तह, संघ, प्रदेश र संघसंस्थालाई आह्वान गर्ने निर्णय गरिएको त्रिवेणीका नगरप्रमुख थापाले बताए।

प्रकाशित: २५ जेठ २०८२ ७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast