जनताको हितका लागि पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको हो : पूर्वप्रधानमन्त्री नेपाल

हिमाल प्रेस २५ जेठ २०८२ ५:५४
16
SHARES
जनताको हितका लागि पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको हो : पूर्वप्रधानमन्त्री नेपाल माधवकुमार नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाईसमेत मुछेर दायर गरिएको मुद्दामा न्याय पाउने विश्वास व्यक्त गरेका छन्।

मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर मुद्दामा असन्तुष्टि व्यक्त गरे।

अध्यक्ष नेपालले मन्त्रिपरिषद्लाई रहेको नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम जनताको हितमा स्वास्थ्य सेवा सञ्चालनका लागि पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको जिकिर गरे।

यस विषयमा कानुनी उपचारमा जान कानुनविद्सँग परामर्श भइरहेको र अदालतबाट आउने फैसलालाई आफूले सम्मान गर्ने बताए।

देशभर सांगठनिक सुदृढीकरण गर्न जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

प्रकाशित: २५ जेठ २०८२ ५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast