गणेशमानसिंह स्मृति भवनलाई ‘तरूण दल भवन’ भन्ने विज्ञप्ति तरूण दलले सच्यायो

हिमाल प्रेस २४ जेठ २०८२ १९:००
358
SHARES
गणेशमानसिंह स्मृति भवनलाई ‘तरूण दल भवन’ भन्ने विज्ञप्ति तरूण दलले सच्यायो

काठमाडौँ – गणेशमान सिंह स्मृति भवनका लागि विनियोजित बजेट तरूण दल भवनका लागि भन्दै विज्ञप्ति जारी गरेको नेपाल तरूण दलले आफ्नो भनाइ सच्याएको छ।

तरूण दलका अध्यक्ष विद्वान गुरूङले शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो अघिल्लो विज्ञप्ति सच्याएका हुन्। उनले तरूण दल भवन नभई तरूण दलको आग्रहमा गणेशमान सिंह स्मृति भवनका लागि बजेट विनियोजन भएको बताएका छन्।

शहरी विकास मन्त्रालयले आव ०८२र८३ को बजेटमा ‘काठमाडौं महानगरपालिका वडा नं १३ मा गणेशमान सिंह स्मृति भवन निर्माण’ का लागि ३ करोड बजेट विनियोजन गरेको छ। यो भवन युवाहरूको सशक्तीकरण, क्षमता विकास र सीप विकासको काममा प्रयोग हुने बताइएको छ।

‘नेपाल तरूण दलको आग्रहमा गणेशमान सिंह स्मृति भवनका लागि ३ करोड विनियोजन भएकोमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहज्यूप्रति आभार व्यक्त गर्दछौँ,’ अध्यक्ष गुरूङले विज्ञप्तिमा आफ्नो अघिल्लो भनाई सच्याउँदै भनेका छन्, ‘युवाहरूको सशक्तीकरण, क्षमता विकास र सिपयुक्त तालिम सञ्चालनसहित नेतृत्व विकासका लागि सो भवनले योगदान पुग्ने विश्वास लिएका छौँ। युवाहरूको हकहित, क्षमता विकास र प्रतिभा प्रवर्द्धनका लागि तरूण दलको आग्रहमा भवनका लागि बजेट विनियोजन भएको विषयलाई अन्यथा ढँगबाट गलत प्रचार नगरिदिनुहुन अनुरोध गर्दछौँ।

प्रकाशित: २४ जेठ २०८२ १९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast