पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्नु गलत हो : पोखरेल

हिमाल प्रेस २४ जेठ २०८२ १६:२३
14
SHARES
पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्नु गलत हो : पोखरेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पतञ्जली जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्नु गलत कुरा भएको बताएका छन्।

एमाले ओखलढुङ्गा लिखु काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पोखरेलले एमालेकै कोहिले गलत गरेको छ भने अनुसन्धानको दायरामा आउने भन्दै राजनीति पूर्वाग्रहका आधारमा अख्तियारले काम गर्‍यो भन्नु गलत भएको बताएका हुन्।

उनले सार्वजनिक ओहोदामा बस्ने व्यक्ति नागरिक लेखापरीक्षणमा उभिन सक्नुपर्ने बताए। नागरिकको लेखापरीक्षणमा बेरुजु निस्कीए जोसुकै पनि दण्डका भागेदार हुनुपर्ने उनको भनाइ छ।

त्यस्तै पोखरेलले जन्मसिद्ध अधिकारको आधारमा शासन सत्ता चलाउने कुराको विपक्षमा एमाले अडिग रहेको बताए। बंश परम्पराको शासन सत्ताको पक्षमा नभइ लोकतान्त्रिक विधिबाट आउने योग्य व्यक्तिले मुलुकको शासन चलाउनुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उनले बताए।

पोखरेलले अनिर्वाचित सत्ताको पक्षमा समेत एमाले नरहेको स्पष्ट पारे। उनले मुलुकका समस्या समाधान गर्न अहिले ठूला दल एमाले र कांग्रेस मिलेर सरकार गठन गरेको भन्दै आगामी निर्वाचनमा कांग्रेससंगै मूल प्रतिपष्र्धा हुने बताए।

उनले राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिने पार्टी भएकाले एमालेमाथि हमला हुने गरेको भन्दै त्यसको सामना गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित: २४ जेठ २०८२ १६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast