कुनै अनुचित काम गरेको छैन, पूर्वाग्रह राखेर मुद्दा लगाइयो : माधव नेपाल

हिमाल प्रेस २४ जेठ २०८२ १५:१०
14
SHARES
कुनै अनुचित काम गरेको छैन, पूर्वाग्रह राखेर मुद्दा लगाइयो : माधव नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको बताएका छन्।

शनिबार काठमाडौँमा पार्टीनिकट मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता भएको भन्दै आफूले कुनै अनुचित काम नगरेको बताएका हुन्।

नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेको र त्यसलाई देखेर कतिपय व्यक्तिहरु आत्तिएको उनले बताए।

अध्यक्ष नेपालले केही व्यक्तिहरुलाई बदलाको भावनाले पोलिरहेको भन्दै त्यसको कारण आफूमाथि भ्रष्टाचारको मुद्दा लगाउन पहल भएको जिकिर गरे।

उनले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको उल्लेख गरे। देश र जनतालाई नोक्सान हुने केही काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिने उनले बताए।

पतञ्जली जग्गा प्रकरणमा आफूमाथि लगाएको गलत आरोपविरुद्ध दृढतासाथ उभिने भन्दै अध्यक्ष नेपालले न्यायपालीकाले आफूलाई न्याय दिने विश्वास व्यक्त गरे।

प्रकाशित: २४ जेठ २०८२ १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast