
झापा- अर्जुनधारा नगरपालिका-११ स्थित नमुना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ।
मृतकहरू तेहथुमको जिरीखिम्ती घर भई अर्जुनधारा-११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिए।
आज बिहान ८ बजे दुवै बालक पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए। स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटल पुर्याएका थिए।
हस्पिटलका चिकित्सकहरूले बिहान ८:३० बजेतिर दुवै बालकको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले बताए।
हाल दुवै बालकको शव हस्पिटलमै रहेको छ।
प्रकाशित: २४ जेठ २०८२ १०:०१
प्रतिक्रिया