
पोखरा- स्याङ्जामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका वडा १३, तोरीखोला निवासी ३३ वर्षीय जितमाया थापा हुन्।
सिद्धार्थ राजमार्गअन्तर्गत फेदीखोला गाउँपालिका-१, कुभिण्डेमा शुक्रबार बिहान ना ४ ख ९३३१ नम्बरको ट्रक र जितमायाले चलाएको एएबि ०२४३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन्।
उनलाई उपचारार्थ प्रदेश अस्पताल पुतलीबजार पठाइएकोमा उपचारका क्रममा उनको बिहान पौने १० बजे निधन भएको स्याङ्जा प्रहरीले जनाएको छ।
ट्रक र ट्रक चालक नवलपुरको हुप्सेकाट गाउँपालिका-२ का ३९ वर्षीय भीमबहादुर बंशी ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीले बताए।
प्रकाशित: २३ जेठ २०८२ २०:३१
प्रतिक्रिया