टिकटकबाट चलचित्रमा ‘डेब्यू’ गरेकी दीपा

हिमाल प्रेस २३ जेठ २०८२ १९:४८
148
SHARES
टिकटकबाट चलचित्रमा ‘डेब्यू’ गरेकी दीपा

सुर्खेत- कर्णाली प्रदेशको पूर्वी रुकुमपश्चिमको आठबिसकोट नगरपालिका-९ की दीपा शाहीले टिकटकबाट म्युजिक भिडियो हुँदै चलचित्रमा डेब्यु गरेकी छिन्। छोटो समयमा नै एक सय बढी म्युजिक भिडियोमा अभिनय गरेर चर्चा कमाउन सफल दीपाले दिवाकर भट्टराई निर्देशित चलचित्र ‘नरसिंहा : अवतार’मा पहिलो पटक अभिनय गरेकी हुन्।

जेठ ९ गतेदेखि प्रर्दशनमा आएको यस चलचित्रमा राजेश हमाल लगायतका कलाकारसँग अभिनय गर्न पाउनु आफ्नो ठूलो अवसर पाएको दीपाले बताइन्। टिकटकबाट चर्चामा आएर म्युजिक भिडियोमा तानिएकी दीपाले ‘कस्ती थिए कस्ती भए, कर्णाली–कर्णालीतिर, एक नजरमै फिँदा भए म, डाँडापारि, मेरी भुपु मायालु, जाउँ साइँली बेनी बजार, लजाउने हैछौनि, मायाको रोग’ लगायतका चर्चित गितमा उत्कृष्ट अभिनय गरेकी छन्।

म्युजिक भिडियोको दमदार अभिनयपछि चलचित्रमा अफर आएको हो। कलाकारिताको भोक, अनेकन अड्चनबीचको अविचलित संघर्षका कारण सुन्दर संगत, अवसर र सफलता मिलेको उनको बुझाइ छ। बच्चैदेखि ठूलो पर्दामा देखिने रहर ‘नरसिंहा : अवतार’ को रोजी क्यारेक्टरबाट पूरा भएको उनले बताइन्। चलचित्र र म्युजिक भिडियो क्षेत्रबाट केही गर्ने सोच बोकेको बताउँदै उनले आफ्नो क्षमतामा विश्वास गरेर यो क्षेत्र रोजेको उल्लेख गरिन्।

दीपालाई अहिले चलचित्र र म्युजिक भिडियोमा राम्रो अफर आउने गरेको छ। यसका अलावा विभिन्न विज्ञापनहरूमा उनको अभिनय देख्न सकिन्छ। भगवानले आफूलाई ‘मुभि र म्युजिक’ क्षेत्रमा केही गर्नलाई पठाएको बताइन्। दीपाले आफ्नो पहिलो चलचित्र ‘नरसिंहा : अवतार’ मा आफूले निभाएको भूमिकामा पूर्ण सफल भएको बताइन्।

सामाजिक कथावस्तु, प्रेम, द्वन्द्व तथा बदलाको कथावस्तुमा निर्माण भएको ‘नरसिंहा : अवतार’ मा दीपाले राजेश हमालसहित नीर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्की, नीति शाह, सनिशा भट्टराई, रमेशचन्द्र सोडारी, राजिव जङग बस्नेत लगायतसँग अभिनय गरेकी छन्।

प्रकाशित: २३ जेठ २०८२ १९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast