
काठमाडौँ- आज जेठको चौथो शनिबार। हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गर्दै आइरहेका छौँ। साताको प्रत्येक शुक्रबार हलमा नयाँ हिन्दी, नेपाली र अंग्रेजी फिल्म प्रदर्शन भइरहन्छ। यो साता नेपाली फिल्म ‘जन्ते बाख्रो’ र बलिउड ‘हाउसफूल ५’ र ‘थग लाइफ’ प्रदर्शन भएको छ। यी बाहेक पनि हिन्दी, अंग्रेजी र नेपाली फिल्म चलिरहेकै छ।
त्यस्तै, थिएटरमा ‘मिरा’, ‘मञ्जिरा’, ‘लस्ट एण्ड फाउण्ड’, ‘ऋतु राग’, ‘यात्रा’ गरी पाँच नाटक मञ्चनरत छ। अन्य पुस्तक विमोचन र चित्रकला प्रदर्शनी पनि रहेकाे छ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।
लक्ष्मण वियोगीको कथासंग्रह ‘सत्यम्’ लोकार्पण
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज लक्ष्मण वियोगीको कथासंग्रह ‘सत्यम्’ लोकार्पण हुँदैछ। दिउँसो १ः४५ बजे सुरु हुने कार्यक्रममा प्रा.डा.दयाराम श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। अन्य वक्ताहरूमा साहित्यकार प्रा.डा.गोविन्दराज भट्टराई, डा.अशोक थापा, अनुपमा रेग्मी, ज्ञानबहादुर कार्की छन्। कार्यक्रम महेश कार्की ‘क्षितिज’ले सञ्चालन गर्नेछन्। पुस्तक पेज टर्नरले प्रकाशन गरेको हो।
तारागाउँ सांस्कृतिक केन्द्रमा वातावरणसम्बन्धी कला प्रदर्शनी
तारागाउँ नेक्टस्थित सांस्कृति केन्द्रमा ‘एट द टिपिङ प्वाइन्ट- आर्ट एण्ड इकोलोजी फ्रम द रुफटप अफ द वल्ड’ शीर्षकमा कला प्रदर्शनी चलिरहेको छ। प्रदर्शनीमा प्रकृतिमा परेको प्रभाव र वातावरणीय संकटको विषयमा १२ जना नेपाली र विदेशी कलाकारले सिर्जना गरेको भिडियो तथा तस्बिर छन्। प्रर्दशनीमा जलवायु परिवर्तन, सांस्कृतिक चेतना, स्वदेशी ज्ञान र वैज्ञानिक दृष्टिकोणलाई समेट्दै कला प्रस्तुत गरिएको छ। जेठ २२ देखि सुरु भएको प्रदर्शनी तीन महिनासम्म चल्नेछ। प्रदर्शनीमा प्रवेश स–शुल्क छ। विद्यार्थीको लागि टिकटदर रु.२०० रुपैयाँ र अन्यको लागि रु.३०० रुपैयाँ तोकिएको छ। प्रदर्शनी सगरमाथा नेक्स्टले सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरेको हो।
पाँच नाटक मञ्चन
कान्तिपुर थिएटरमा ‘मीरा’
गैरीधारास्थित कान्तिपुर थिएटरमा जेठ १९ देखि नाटक ‘मीरा’ मञ्चन भइरहेको छ। नाटकमा मीरा र कृष्णको बाल्यकालदेखिको प्रेमकथा प्रस्तुत गरिएको छ। मीराको भूमिकामा अभिनेत्री रेखा थापा छिन् भने कृष्णको भूमिका विशाल देवकोटा। अभिनेत्री थापाको पहिलो नाटक हो। उनी नाटकको मुख्य भूमिकामा छिन्। अन्य कलाकार बिन्दा खतिवडा, विशाल देवकोटा, गीत बिस्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्काले अभिनय गरेका छन्। दीपक सिंजालीको उपन्यासमा आधारित नाटक सुन्दर धितालको परिकल्पना र निर्देशनमा बनेको छ। बुधबारबाहेक साताको प्रत्येक दिन बेलुका ५ः३० बजे मञ्चन भइरहेको छ। नाटक आगामी असार ७ सम्म मञ्चन हुनेछ।
मण्डलामा ‘मञ्जिरा’
थापागाउँस्थित मण्डला थिएटरमा जेठ १६ देखि नाटक ‘मञ्जिरा’ चलिरहेको छ। नाटकका लेखक सन्देश घिमिरे र सोमनाथ खनाल हुन्। सोमनाथकै परिकल्पना र निर्देशनमा बनेको नाटक आगामी असार ८ सम्म मञ्चन हुनेछ। मञ्चमा कलाकार सरोज खनाल, सरिता गिरी, सरस्वती चौधरी, सुशाङ्क मैनाली र अनुप न्यौपान देखिनेछन्। नाटक सोमबार बाहेक साताको प्रत्येक दिन बेलुका ५ : १५ बजे र शनिबार दिउँसो १ बजेको सो छ।
शिल्पीमा ‘लस्ट एण्ड फउण्ड’
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमो नाटक ‘लस्ट एण्ड फाउण्ड’ नियमित मञ्चन भइरहेको छ। नाटकका लेखक तथा निर्देशक घिमिरे युवराज हुन्। नाटकमा पवित्रा खड्का, सुमित भण्डारी, सुहाना आचार्य र गोविन्द ओलीले अभिनय गरेका छन्। नाटकले मानव सम्बन्धको जटिलताहरुलाई उजागर गर्ने प्रयास गरेको छ। जेठ ३ देखि मञ्चनरत नाटकको आज अन्तिम दुई सो हुँदैछ। दिउँसो १ बजे र बेलुका ५ः १५ बजे।
मण्डलामा ‘ऋतु राग’
मण्डलाकै प्रस्तुति रहेको नाटकका ‘ऋतु राग’ को आज दुई सो मञ्न हुँदैछ। नाटकका लेखक तथा निर्देशक सुदिप खतिवडा हुन्। नाटकमा ऋतु मौसममा आधारित छ। मौसमअनुसार मानिसले गर्ने अनुभूति नाटकमा प्रस्तुत गरिएको छ। नाटकमा दिपेश काफ्ले, सागर खाती कामी, प्रशंसा शिवाकोटी, रूजा राउत, उमेश दुलाल, शशांक बस्नेत, सिमोन गिरी, सुजन घिमिरेको अभिनय छ।
कौशी थिएटरमा ‘यात्रा’
टेकुस्थित कौशी थिएटर (कथा घेरा) मा नाटक आज नाटक ‘यात्रा’ मञ्चन हुँदैछ। थिएटरकै प्रस्तुतिरहेको नाटक दिउँसो १ बजे र बेलुका ५ः३० बजेको दुई सो छ। नाटक यात्राको कथामा आधारित छ।
हलमा नेपाली, हिन्दी र अंग्रेजी गरी ११ फिल्म
‘जन्ते बाख्रो’
फिल्म ‘जन्ते बाख्रो’ यही जेठ २३ देखि हलमा प्रदर्शन भइरहेको छ। सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन्। फिल्मको कथा जन्तीलाई विवाहमा खुवाइने भोजको विषयमा आधारित छ। अभिनेता सौगात मल्ल, अभिनेत्री गरिमा शर्मा मुख्य भूमिकामा छन्। साथै आसिफ शाह, कुशुम शर्मा, समापिका गौतमलगायत कलाकारले पनि अभिनय गरेका छन्।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, सिभिल भल, दरबार सिनेम्याक्स र सिटी स्क्वायर मलमा फिल्मको १६ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाज, सिडिसी सिनेमाज, सिटी सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हलमा फिल्म चलिरहेको छ।
नरसिंहा अवतार
जेठ ९ देखि फिल्म ‘नरसिंहा अवतार’ प्रदर्शनरत छ। दिवाकर भट्टराई निर्देशित फिल्म प्रेम, परिवार र बदलाको कथामा आधारित छ। एक्सन थ्रिलर र ड्रामा जनरामा बनेको फिल्ममा राजेश हमाल, राज कटुवाल, सनिशा भट्टराई, सरोज खनाल, नीति शाहलगायत कलाकारको अभिनय छ। क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको सिटी स्क्वायर मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हल र सिटी सिनेमाजमा फिल्म ‘नरसिंहा अवतार’ को सो छ।
ऊनको स्वीटर
वैशाख २६ देखि हलमा फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शन भइरहेको छ। फिल्म नवीन चौहानको लेखन र निर्देशनमा बनेको छ। यो उनको डेब्यु फिचर फिल्म हो। प्रेम कथामा आधारित फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, सुनिल पोखरेल, विल्सन विक्रम राई, माओत्से गुरुङ, सुरज तमूलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको १० सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनरत छ।
अञ्जिला
फिल्म ‘अञ्जिला’ क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको सिटी स्क्वायर मलमा एकल सोसहित प्रदर्शन भइरहेको छ। फिल्मको कथा राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवन संघर्षमा आधारित छ। उनको घरबाट बाहिर निस्कनेदेखि कप्तान बन्नेसम्मको यात्रालाई फिल्ममा देखाइएको छ। एञ्जिला स्वयंको अभिनय रहेको फिल्ममा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुरज तमूलगायत कलाकार छन्। फिल्मका निर्देशक मिलन चाम्स हुन्।
लाज शरणम्
गतवर्ष फागुन १४ देखि प्रदर्शन भएको फिल्म ‘लाज शरणम्’ रञ्जना सिनेप्लेक्समा एकल सोसहित चलिरहेको छ। फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल हुन्। जेपिटी क्रियसनले निर्माण गरेको फिल्ममा चर्चित टेलिफिल्म ‘सक्किगोनी’का सम्पूर्ण कलाकारको अभिनय छ। त्यसबाहेक सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, प्रशान्त ताम्राकार, विजय लामा, रामभजन कामत, महेश त्रिपाठीलगायतको पनि अभिनय छ।
हाउसफूल ५
हिन्दी फिल्म ‘हाउसफूल ५’ जेठ २३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा अक्षय कुमार, रितेश दृेशमुख, अभिषेक बच्चन, सञ्जय दत्तलगायत कलाकार छन्। कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक तरुन मन्सुखानी हुन्।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर, लबिम मल, छाया सेन्टर र सिभिल मलमा फिल्मको २३ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, सिडिसी सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हल, सिटी सिनेमाज फिल्म ‘हाउसफूल ५’ चलिरहेको अन्य हल हुन्।
थग लाइफ
जेठ २२ देखि नै नेपालमा हिन्दी फिल्म ‘थग लाइफ’ पनि चलिरहेको छ। मणि रत्नम निर्देशित फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ। फिल्ममा कमल हसन, सिलम्बरासन, त्रिशा कृष्णनलगायत कलाकारको अभिनय छ। क्युएफएक्स सिनेमाज अन्तर्गत छाया सेन्टर, लबिम मल, सिभिल मल, सिटी स्क्वायर मल र भाटभटेनी भक्तपुरमा फिल्मको ५ सो छ। आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर र लोत्से मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हल, सिटी सिनेमाजमा फिल्म थग लाइफ प्रदर्शनरत छ।
कराते किड: लेजेन्ड
हलिउड फिल्म ‘कराते किडः लेजेन्ड जेठ १६ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फ्यामिली, एक्सन र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक जोनाथन एन्टविस्टल हुन्। फिल्ममा ज्याकी चान जोसुआ, ज्याक्सन राल्फ म्याचियो मुख्य भूमिकामा छन्। क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्स, सिटी स्क्यायर मल र रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।
लिलो स्टिच
जेठ ९ देखि हलमा हलिउड फिल्म ‘लिलो स्टिच’ चलिरहेको छ। एडभेन्चर, कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देहक डीन फ्लीशर क्याम्प हुन्। फिल्ममा बिली म्याग्नुसेन, हन्ना वाडिह्याम मुख्य भूमिकामा छन्। क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, लबिम मल, छाया सेन्टर र सिटी स्क्वायर मलमा फिल्मको ४ सो छ।
मिसन इम्बोसिबल – द फाइनल रेकनिङ
जेठ ९ देखि नै नेपालमा हलिउड फिल्म ‘ मिसन इम्बोसिबल – द फाइनल रेकनिङ’ प्रदर्शनरत छ। एक्सन, एडभेन्चर र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक क्रिस्टोफर म्याकक्वारी हुन्। फिल्ममा टम क्रुज, हेली एटवेल, भिङ राम्स र साइमन पेगलगायत कलाकारको अभिनय छ। शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, छाया सेन्टर, दरबार सिनेम्याक्स, लबिम मलमा फिल्मको ५ सो छ।
फाइनल डेस्टिनेसनः ब्लडलाइन
हलिउड फिल्म ‘फाइनल डेस्टिनेसनः ब्लडलाइन’ नेपालमा जेठ २ देखि प्रदर्शनभइरहेको छ। फिल्म हरर ड्रामा जनरामा बनेको छ। फिल्मका निर्देशक ज्याक लिपोभ्स्की र एडम बी स्टेन हुन्। फिल्ममा ब्रेक बासिङ्गर, टोनी टोड र रिचर्ड हार्मोन मुख्य भूमिकामा छन्। क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको छाया सेन्टर, लबिम मल र सिभिल मल, एफक्युब सिनेमाजमा फिल्म चलिरहेको छ।