प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

हिमाल प्रेस २३ जेठ २०८२ १५:१८
16
SHARES
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित गरिएको छ। शुक्रबारका लागि तोकिएको बैठक बस्न नसकेपछि बैठक आइतबारसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।

बिहीबार केही बेर बसेको बैठक प्रतिपक्षी अवरोधका कारण कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो।  बैठक शुक्रबार १ बजेका लागि सारिएको थियो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र उनीमाथि छानबिन हुनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै  आएका छन्। संसद् अवरुद्ध हुँदा आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा छलफल हुन सकेको छैन।

यसैगरी संसद्‌मा विचाराधीन विधेयकहरू पनि अघि बढ्न सकेको छैन।

प्रकाशित: २३ जेठ २०८२ १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast