
सुनसरी- सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा पाँच करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
सशस्त्र प्रहरी बलले चालु आवको प्रथम १० महिनामा पाँच करोड एक लाख ९७ हजार ४४५ रुपैयाँ राजस्व संकलन गरेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।
चालु आवको साउनमा ४७ लाख ३४ हजार ४६९, भदौमा ६१ लाख पाँच हजार ५०२, असोजमा ३२ लाख ९ हजार ५३६, कात्तिकमा ३६ लाख ३७ हजार २०७, मंसिरमा ५२ लाख ९१ हजार ५६४, पुसमा रु ७१ लाख ६८ हजार २९८, माघमा ४० लाख ३२ हजार ६५५ राजस्व संकलन भएको छ।
त्यसैगरी, फागुनमा ४२ लाख ९५ हजार ६७२, चैतमा ३४ लाख ५५ हजार ५०५, वैशाखमा ४७ लाख एक हजार ३८७ र जेठमा ३५ लाख ६५ हजार ५५० गरी जम्मा पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व संकलन भएको छ।
प्रकाशित: २३ जेठ २०८२ ९:०३
प्रतिक्रिया