
काठमाडौँ- ग्रिसको लउत्राकीमा सम्पन्न ‘क्याच एनड सर्भ बल’ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले लगातार दुई खेल जितेको छ। बुधबार सुरू भएको प्रतियोगितामा नेपालले दुई खेल जितेको हो। बुधबार जर्मनीलाई पराजित गरेको नेपालले बिहीबार इजरायललाई हरायो।
प्रतियोगितामा भाग लिन नेपालबाट तीन चार जना र तीन जना इजरायलमा कार्यरत नेपाली त्यसतर्फ गएका छन्। उनीहरूले आफ्नै पहलमा नेपालको प्रतिनिधित्व गर्न प्रतियोगितामा भाग लिएको जनाएका छन्।
‘क्याच एन्ड सर्भ बल’ को पहिलो महिला विश्वकप प्रतियोगिता हो। यो ‘मिड एज’ समूहले खेल्ने नयाँ र लोकप्रिय खेल हो। यसमा बल ‘थ्रो र क्याच’ गरेर खेलिन्छ।
सहभागीहरू आफूलाई भान्साबाट बाहिर निकाल्ने र स्वास्थ्य अवस्था चुस्त राख्न पनि खेल आवश्यक रहेको बताउँछन्। प्रतियोगितामा १८ मुलुकबाट ३५ टिम सहभागी भएका छन्।
नेपालबाट माला खनाल, बिसु पाण्डे, कादम्बरी दाना श्रेष्ठ, निर्मला गुरुङ। लमु आल्मोग, दिना न्यौपाने र पवित्रा ढकाल प्रतियोगितामा सहभागी भएका छन्।