
काठमाडौँ- काठमाडौँस्थित भारतीय राजदूवतावासले ‘प्लास्टिक प्रदूषण हटाऔँ’ भन्ने नाराका साथ बिहीबार विश्व वातावरण दिवस मनाएको छ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी प्रमुख अतिथि रहेका थिए।
यस अवसरमा मन्त्री शाही, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव तथा केन्द्रीय विद्यालयका विद्यार्थीहरूले दूतावास परिसरमा संयुक्तरूपमा वृक्षारोपण गरेका थिए।
कार्यक्रममा दूतावासका अधिकारी, कर्मचारी तथा काठमाडौँमा बसोवास गर्ने भारतीय प्रवासीहरूको समेत सहभागिता रहेको दूतावासले जनाएको छ।
दूतावासका अनुसार वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका सहभागीले प्लास्टिकको प्रयोग घटाउने र हरित वातावरणको प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।