भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग कायमै छ : पाण्डे

हिमाल प्रेस २२ जेठ २०८२ २०:०२
20
SHARES
भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग कायमै छ : पाण्डे

काठमाडौँ– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा छानविन समिति गठन हुनुपर्ने माग कायमै रहेको बताएका छन्।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले भिजिट भिसा प्रकरण मानवतस्करीसँग जोडिएको विषय भएकाले छानविन समिति गठन हुनुपर्ने माग कायमै रहेको बताएका हुन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्गप्रसस्त गरेर छानविनलाई व्यवस्थित बनाउनुपर्ने उनले बताए। पाण्डेले भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्ने प्रतिवद्धतामात्रै आएपनि सदनको गतिरोध अन्त्य हुने जिकिर गरे।

उनले पतञ्जली जग्गा हिनामिना प्रकरणका विषयमा पार्टीभित्र छलफल गरेर धारणा सार्वजनिक गर्ने उल्लेख गरे।

प्रकाशित: २२ जेठ २०८२ २०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast