सुर्खेत टीबी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिता : कर्णाली र कोशीको जीत

हिमाल प्रेस २२ जेठ २०८२ १८:२७
16
SHARES
सुर्खेत टीबी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिता : कर्णाली र कोशीको जीत

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा जारी टीबी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबार चौथो दिन कर्णाली र कोशीले जीतसहितको नतिजा निकालेर अंक तालिकामा एक एक स्थान माथि उक्लिएका छन्।

वीरेन्द्रनगर मैदानमा भएको खेलमा घरेलु टोली कर्णालीले बाग्मतीलाई ३ विकेटले पन्छाउँदा कालुंगचोक मैदानमा कोशीले लुम्बिनीको चुनौतिलाई २१ रनको अन्तरले परास्त गर्दै क्रमशः दोश्रो र तेश्रो स्थानमा उक्लिएका हुन्।

समान तीन खेल खेलेका यी दुबै टोली समान २ खेलमा जीत र एकमा हारसहित ४ अंक जोडेर अंक तालिकामा आप्mनो स्थान पक्का गरेका हुन्। नेट रन रेटका आधारमा कर्णाली दोश्रो स्थानमा चढेको हो।

टस जितेर पहिला ब्याटिङ रोजेको बाग्मतीले ४७ दशमलव ५ ओभरमा सबै विकेटको क्षतिमा २ सय ३८ रनको चुनौतिपूर्ण लक्ष्य तय गरेको थियो।

पाहुना टोलीलाई बलियो स्कोरतर्फ अघि बढाउने क्रममा बाग्मतीकालागि जोय थापाले १ सय १ बलको सामना गर्दै ७२ रनको व्यक्तिगत योगदानमा बलियो शुरुवात गराए भने शिवशक्ति महतोले ४६, सुर्यांशु कोइरालाले ४० रन बनाए।

बलिङमा केही सुधारिएको कर्णालीले सावधानीका बाबजुद पनि १६ रन अतिरिक्त दियो। अघिल्ला दुई खेलको तुलनामा अतिरिक्त रन कम नै हो।

कर्णालीका लागि कैलाश खड्काले ४३ रन खर्चिएर ४ विकेट हातपार्दो कप्तान विपिनप्रसाद शर्माले २ ओभरको मेडन राख्दै ४७ डट बल गर्दा २३ रन खर्चिएर २ विकेट लिए।

यस्तै बलिङतर्फ ३ विकेट लिएर ब्याटिङमा नटआउट सर्वाधिक ६९ रन जोडेका रोशन शाही प्लेयर अफ दि म्याच भए भने भूपेन्द्रजंग शाहीले पनि ५० बल खेल्दै ६७ रन बटुलेर टोलीलाई विजयोन्मुख गराए।

त्यसअघि ओपनर कौस्तुभ खड्काले ५४ बलमा ३९ जोड्दा नमनसिंह थापाले १३ र विजय बोहोराले १४ रन जोडे।

बाग्मतीका लागि प्रशिद्ध जैसी र रोमन भट्टराईले समान २ दुई विकेट लिँदा राजेश बोहोरा, रोहित ठाकुर र कमल शाहीको नाममा एक–एक विकेट रह्यो।

लुम्बिनीलाई २१ रनले हराउँदै कोशीको लगातार दुई जीत

उता वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा लुम्बिनीलाई २१ रनले हराउँदै कोशीले पनि लगातार दुई जीतमा ४ अंक जोडेर अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ।

कालुंगचोक मैदानमा टस जितेर ब्याटिङ रोजेको कोशीले खेल सकिन १ ओभर बाँकी छँदा सबै विकेट गुमाउँदै १ सय ८१ को योगफल खडा गर्‍यो।
जसमा ओपनर एशिल मण्डलले ६०, रविन मण्डलले नटआउट ३९, शिवांश बजगाईंले १७ तथा सुगम बुढाथोकीले १६ रन जोडे।

विपक्षीको पारिलाई १ सय ८१ मा सीमित गर्ने क्रममा लक्ष्मण कुमालले ४, प्रिन्स पलले ३ तथा चन्द्र थापाले २ विकेट लिए।

बलिङमा कडाई गरेपनि ब्याटिङ फितलो हुँदा लुम्बिनीले १ सय ८२ को लक्ष्य पूरा गर्न सकेन। अघिल्लो खेलमा दोहोरो शतक हानेर चम्किएका लुम्बिनीका रौनक श्रीवास्तवले आप्mनो हिटिंग शैली पछ्याउँदै ६६ रन जोडे।

तेश्रो क्रमका आरिफ खानले ४७ बलमा ५० रन बटुलेपनि लक्ष्मण कुमालको १२ रनबाहेक अरु कसैले दोहोरो अंक छुन नसक्दा लुम्बिनी १ सय ६० मा अलआउट हुनपुग्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast