प्रतिपक्षले संसद् अवरोध गरेपछि सभामुखले भने- यही अधिवेशनबाट शिक्षा विधेयकलाई कानुनी रूप दिनुपर्नेछ

हिमाल प्रेस २२ जेठ २०८२ १७:५४
1.3k
SHARES
प्रतिपक्षले संसद् अवरोध गरेपछि सभामुखले भने- यही अधिवेशनबाट शिक्षा विधेयकलाई कानुनी रूप दिनुपर्नेछ सभामुख देवराज घिमिरे।

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्‌मा महत्त्वपूर्ण विधेयकमाथि छलफल गर्नुपर्ने भएकाले संसद् अवरोध नगर्न प्रतिपक्षी दललाई आग्रह गरेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीलगायतले लगातार संसद् अवरोध गर्दै आएका  छन्।

प्रतिनिधिसभाको बिहीबार बैठक सुरु हुनेबित्तिकै सभामुख घिमिरेले संसद्को चालु अधिवेशनबाट महत्त्वपूर्ण विधेयकलाई कानुनी रूप दिनुपर्ने भएकाले संसद्‌मा अवरोध नगर्न सांसदहरूलाई आग्रह गरेका थिए।

चालु अधिवेशनमा विद्यालय शिक्षा विधेयक-२०८० माथि छलफल हुने संकेत घिमिरेले गरे। विधेयक हाल विषयगत समितिमा विचाराधीन छ।

बैठकमा सभामुख घिमिरेले भने, ‘केही दिनअगाडिदेखि हाम्रो संसद् अवरोध हुँदै आइरहेको छ। नियमित कामकारबाही अगाडि नजाँदा संसद्ले गर्नुपर्ने धेरै काम रोकिएका छन्। सरकारका तर्फबाट यही अधिवेशनमा यी-यी विधेयकलाई कानुनको रूप दिन्छौँ भनेर प्रतिबद्धता जाहेर भएको छ। भर्खरै शिक्षकहरूको आन्दोलनबाट राष्ट्र प्रभावित भइरहेको पनि यहाँहरूलाई थाहै छ। शिक्षा विधेयकसँग सम्बन्धित कुराहरूमा छलफल गर्नुपर्नेमा माननीयजीहरू जानकार नै हुनुहुन्छ।’

प्रकाशित: २२ जेठ २०८२ १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast