प्रतिनिधिसभाको बैठक स्थगित

हिमाल प्रेस २२ जेठ २०८२ १७:४०
18
SHARES
प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ- प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको छ। केही दिनदेखि सूचना टाँस गरेर स्थगित हुँदै आएको बैठक शुक्रबार अपराह्न सबा ५ बजे बसेको थियो। बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी सांसदहरूले उठेर बोल्न पाउनुपर्ने माग गरेका थिए।

सभामुख देवराज घिमिरेल दलीय आधारमा पालैपालो बोल्न अनुमति दिने बताउँदै सभा सञ्चालनमा अवरोध नगर्न आग्रह गरेका थिए। उनको आग्रहविपरीत प्रतिपक्षी सांसदहरूले उठेर होहल्ला जारी राखेपछि बैठक शुक्रबार अपराह्न १ बजेसम्मका लागि स्थगित भएको सभामुख घिमिरेले बताए। करिब १० मिनेट बसेको बैठक होहल्लामै बितेको थियो।

भिजिट भिसामा विदेश जानेहरूसँग ‘सेटिङ’ मिलाएर रकम लिने कार्यमा गृहमन्त्रीको सचिवाय सचिवालय संलग्न रहेको आरोप लागेपछि गृहमन्त्री रमेश लेखक पनि विवादमा तानिएका छन्।

उक्त प्रकरणमा गृहमन्त्री लेखकको समेत ‘मिलेमतो’ भएको भन्दै विपक्षी दलहरू विरोधमा उत्रिएका छन्। उनीहरूले अघिल्लो साता पनि गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक चल्न दिएनन्। जेठ १५ गतेको बैठक बजेट पारित गराउनका लागि मात्रै अवरुद्ध नगरिएको प्रतिपक्षीहरूले बताउँदै आएका छन्।

विपक्षी अवरोधका कारण मंगलबार र बुधबार पनि प्रतिनिधिसभा बैठक बस्न सकेको थिएन। विपक्षीहरूले गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने र उनले पदबाट तत्काल राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन्।

प्रकाशित: २२ जेठ २०८२ १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast