
इटहरी– मनसुनजन्य विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै गरिएको पूर्वअभ्यासका क्रममा सप्तकोसी नदीस्थित कोसी ब्यारेजमा दुई जना गोताखोर बेपत्ता भएका छन्।
बिहीबार दिउँसो सशस्त्र प्रहरी बलको एक टोलीले शुक्रबारका लागि तय गरिएको विपद् व्यवस्थापन अभ्यासको तयारीस्वरूप कोसी ब्यारेजको सप्तरी खण्डमा अभ्यास गरिरहेको थियो। अभ्यासकै क्रममा दुई जना गोताखोर नदीमा हराएका हुन्।
सशस्त्र प्रहरीका अनुसार बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पारिएको छ। खोज तथा उद्धारमा थप जनशक्ति परिचालन गरिएको भए पनि हालसम्म उनीहरूको अवस्था खुलेको छैन।
यता, जिल्ला प्रशासन कार्यालय सप्तरीले भने घटनाबारे औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।
प्रकाशित: २२ जेठ २०८२ १७:२२
प्रतिक्रिया