यस्ता छन् माधव नेपालमाथि लागेका सात आरोप

हिमाल प्रेस २२ जेठ २०८२ १७:१४
148
SHARES
यस्ता छन् माधव नेपालमाथि लागेका सात आरोप माधवकुमार नेपाल।

काठमाडौँ- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि सरकारी सम्पत्ति बदनियतपूर्वक व्यक्ति/कम्पनीमा हस्तान्तरण गरी गराई निजी प्रयोग प्रचलनमा ल्याएको कसुरमा भ्रष्टाचार मुद्दा दायर भएको छ। उनी नेतृत्वको सरकारले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

महेन्द्रज्योति पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनका लागि खरिद गरेको जग्गा प्रकरणमा अनियमितता भएको अख्तियारले जनाएको छ।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले गैरकानुनी तरिकाले खरिद गरेको हदभन्दा बढी जग्गा जफत तथा सरकारी सार्वजनिक कायम गराउनुपर्नेमा सार्वजनिक सम्पत्ति बदनियतपूर्वक व्यक्ति/कम्पनीमा हस्तान्तरण गरेको आरोपपत्रमा उल्लेख छ।

यो कसुरमा मुछिनेहरू 
१. तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल
२. तत्कालीन कानुनमन्त्री प्रेमबहादुर सिंह
३. तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री स्व. डम्बर श्रेष्ठ र छोरा सन्तोष श्रेष्ठ
४. तत्कालीन नेपाल सरकारको मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे र श्रीमती कमला घिमिरे
५. भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, सहसचिवहरु जितबहादुर थापा र लालमणि जोशी
६. भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिव कलानिधि पौडेल, उपसचिवहरु गान्धीप्रसाद सुवेदी र हुपेन्द्रमणि केसी
७. भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ
८. भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन उपसचिव राजाराम थापा, शाखा अधिकृत सीताराम पोखरेल र नायव सुब्बा बुद्धिबहादुर कार्की
९. मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देसार
१०. मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन नायब सुब्बा केदारनाथ भट्टराई र खरिदार मोहनराम शर्मा
११.मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन प्रमुख मालपोत अधिकृत जनार्दन गुरागाईँ, मालपोत अधिकृत वेदप्रसाद अर्याल, शाखा अधिकृत (विशेष) शिवहरि शर्मा सुवेदी, नायब सुब्बाहरु विनोद कोइराला, तुलामणि राजभण्डारी, कृष्णप्रसाद सापकोटा र खरिदार हरिप्रसाद हुमेगाईँ
१२.गुठी संस्थान, शाखा कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन कामु कार्यालय प्रमुख कृष्णहरि भट्टराई, वरिष्ठ सहायक पवन आचार्य र फाँटवाला माधवप्रसाद होमागाईँ
१३. तत्कालीन सनराइज बैंक लिमिटेडका जुनियर म्यानेजमेन्ट ट्रेनी एसु मैनाली, उपप्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक विक्रान्त कोइराला, प्रमुख व्यवस्थापक रविनकुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख सञ्जयकुमार सिद्धि, अनुपालन विभागमा कार्यरत सुनिल रत्न स्थापित र नायब महाप्रबन्धक बलराम विष्ट
१४.पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालिग्राम सिंह
१५. भोजराज शर्मा वाग्ले
१६. जीवनराज कँडेल
१७. ध्रुवराज थापा
१८. मनु घिमिरे
१९. ओमप्रकाश वंशल
२०. भीमदत्त जोशी
२१. वीरेन्द्रलाल श्रेष्ठ
२२. लक्ष्मण कार्की

उनीहरूमाथि लागेको आरोप

१. मिति २०६६।०९।२२ गते भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई हदबन्दी छुट दिने गरी मन्त्रिपरिषद्‍मा प्रस्ताव पेस गर्न निर्णय भई मिति २०६६।०९।२४ गते प्रस्ताव पेस गरे गराएको।
२. मिति २०६६।०९।२९ गते मन्त्रिपरिषद्‍बाट “मन्त्रिपरिषद्, विधेयक समितिमा छलफल गरी समितिको निर्णय बमोजिम गर्ने” भनी निर्णय गरे गराएको।
३. मन्त्रिपरिषद्, विधेयक समितिबाट मिति २०६६।१०।१८ गते “जुन प्रयोजनको लागि जग्गा खरीद गरिएको हो सोही प्रयोजनमा मात्र प्रयोग गर्ने र खरीद गरिएको जग्गा वेचविखन गर्न नपाउने गरी पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाललाई भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ बमोजिम हदवन्दी भन्दा बढी जग्गा खरिद गर्न स्वीकृति दिने” भनी निर्णय गरे गराएको।
४. मिति २०६६।१२।०१ गते भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाललाई हदभन्दा बढी जग्गा विक्रि गरी सट्टापट्टा गर्न मन्त्रिपरिषद्‍मा प्रस्ताव पेश गर्न निर्णय भई मिति २०६६।१२।०१ गते प्रस्ताव पेस गरे गराएको।
५. मन्त्रिपरिषद्‍बाट मिति २०६६।१२।०६ गते उक्त कम्पनीलाई “बिक्री हुने जग्गाबाट प्राप्त रकम बराबरको जग्गा जुन प्रयोजनको लागि खरिद गरिएको हो सोही प्रयोजनमा मात्र प्रयोग हुने तथा मिति २०६६।१०।१८ को विधेयक समितिको निर्णयको अधीनमा रहने गरी अरु प्रस्तावमा लेखिए बमोजिम गर्ने” भनी निर्णय गरे गराएको।
६. मिति २०६७।०३।०८ गते तत्कालिन सनराईज बैंकबाट पतञ्जली योग पीठ तथा आर्यूवेद कम्पनी नेपाललाई स्वीकृत गरेको अधिबिकर्ष कर्जाको च्भ–ःयचतनबनभ को क्रममा उक्त कम्पनीले उक्त बैंकलाई धितो पारित गरिदिएको जग्गा भोजराज शर्मा वाग्ले, मनु घिमिरे, ओम प्रकाश वंशल, ध्रुब राज थापा र जीवन राज कंडेलको नाममा कित्ताकाट गर्ने र निज व्यक्तिहरुको नाममा हक हस्तान्तरण भई गएको उक्त जग्गाहरु पतञ्जली योगपिठ तथा आर्युवेद कम्पनी नेपालले लिएको कर्जामा पुनः धितो कायम गर्ने गरी निर्णय गरे गराएको।
७. उक्त कम्पनीको नाममा रहेको साविक साँगा र महेन्द्रज्योति गाविस.को कुल क्षेत्रफल ३१४–१५–२–१ रोपनी (जग्गाधनी गुठी संस्थान हिटिचोक सदावर्त गुठी भई उक्त कम्पनी मोही रहेको क्षेत्रफल २५२–३–१–०.२५ रोपनी समेत) मालपोत कार्यालय, काभ्रेपलाञ्चोकबाट मिति २०६७।०३।२१ मा भोजराज शर्मा वाग्ले, जीवनराज कँडेल, ध्रुवराज थापा, मनु घिमिरे, ओमप्रकाश वंशल, भीमदत्त जोशी, वीरेन्द्रलाल श्रेष्ठ र लक्ष्मण कार्कीको नाममा पारित भई गएको।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast