
काठमाडौँ- गोविन्द गौतमको लेखन तथा निर्देशनमा फिल्म ‘परी’ बन्ने भएको छ।निर्देशक गौतमले मानिसले कल्पना गर्दै आएको परीको कथामा आधारित फिल्म बनाउन लागेका हुन्।
काठमाडौँमा फिल्मको शुभ मुहूर्तसमेत गरिएको छ। यही जेठ अन्तिमदेखि फिल्मको छायांकन सुरू गरिने निर्देशक गौतमले बताए। उनकाअनुसार फिल्म दोलखा र तनहुँ आसपासमा छायांकन गरिनेछ। फिल्म बाबु श्रेष्ठले छायांकन गर्नेछन्।
फिल्ममा किरण केसी, प्रियंका कार्की, लक्ष्मी गिरी, दीपक अधिकारी, दीपाश्री निरौला, रेणु दुलाल, दिनेश डिसी, दिग विजय केसी, श्याम राई, घनश्याम गिरी, संगम गौतम, जेशिका पोखरेल, निशा गौतम, अर्नव नागिलालगायत कलाकारको अभिनय रहनेछ।
कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, दीपक शर्मा र विकास चौधरीको संगीतमा बन्नेछ।