
काठमाडौँ- रंग पत्रकार भोला अधिकारीको शब्दमा ‘गैदिउँ भागेर’ बोलको गीत सार्वजनिक भएको छ। पुर्बेली भाकामा बनेकाे गीतमा अर्जुन घिमिरे र बिन्दु परियारको स्वर छ। रविन अधिकारीले संगीत भरेका छन्।
प्रेम कथामा आधारित गीतले पूर्वको ओखलढुङ्गा, पोकली झरना, उदयपुर, सप्तकोशीदेखि धनकुटासम्मकाे सेरोफेरो समेटेको छ।
भिडियोमा गायक घिमिरेसँगै गीतु पराजुली र सन्तोष बराईलीको अभिनय गरेका छन्। दीपेश एसकेको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा प्रेम लामाको छायांकन र टेकेन्द्र शाहको सम्पादनमा बनेको छ।
गीतको भिडियो गायक घिमिरेकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। यसअघि पत्रकार अधिकारीको ‘पूर्वै मोरङको’, ‘रुमाल फाटिगो’लगायत गीत सार्वजनिक भइसकेको छ।
यस्तो छ गीत
प्रकाशित: २२ जेठ २०८२ १६:०१
प्रतिक्रिया