पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध १८ करोडभन्दा बढी बिगो मागदाबी

हिमाल प्रेस २२ जेठ २०८२ १३:५४
30
SHARES
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध १८ करोडभन्दा बढी बिगो मागदाबी माधवकुमार नेपाल

काठमाडौँ- पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टी काअध्यक्ष माधवकुमार नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजाय माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। अन्य प्रतिवादीहरूका हकमा भने मागदाबी गरिएको बिगो रकम फरकफरक छ।

उनीहरूमाथि कानुनी हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न अनुमति दिई सार्वजनिक सम्पत्ति हिनामिना र राज्यलाई आर्थिक क्षति पुर्‍याएको आरोप छ। भ्रष्टाचार मुद्दा दर्ता भएसँगै पूर्वप्रधानमन्त्री नेपालको संघीय सांसद पद स्वतः निलम्बनमा परेको छ।

प्रकाशित: २२ जेठ २०८२ १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast