
काठमाडौँ- पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संघीय सांसद पद निलम्बनमा परेको छ।
आज विशेष अदालतमा मुद्दा दर्ता भएसँगै संविधान र भ्रष्टाचार निवारणसम्बन्धी कानुनअनुसार सार्वजनिक पदमा रहेका व्यक्तिले मुद्दा सामना गर्नुपर्ने अवस्था आएमा उनको पद स्वतः निलम्बनमा पर्ने व्यवस्था लागु भएको हो।
नेपालमाथि पतञ्जलीलाई गैरकानुनी रूपमा जग्गा खरिद र बिक्रीको अनुमति दिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो।
प्रकाशित: २२ जेठ २०८२ १३:४४
प्रतिक्रिया