
काठमाडौँ- पतञ्जली जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
२०७६ सालमा पतञ्जलीलाई हदबन्दी छुटमा जग्गा खरिदको स्वीकृति दिई खरिद भएको दुई महिनामै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बिक्री गर्न अनुमति दिएकोमा नेपालसहित अन्य अधिकारीहरूलाई दोषी ठहर गर्दै मुद्दा दायर गरिएको हो।
भारतीय योगगुरु रामदेवको पतञ्जली संस्थाले काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा खरिद गरेर त्यसमध्ये ३५३ रोपनी काष्ठमण्डप हाउजिङलाई बेचेको थियो।
उक्त निर्णयमा नेपाल नेतृत्वको मन्त्रिपरिषद्का भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, मुख्य सचिव माधव घिमिरे र भूमिसुधार सचिव छविराज पन्तको संलग्नता पनि रहेको अख्तियारले जनाएको छ।