ग्लोबल आइएमई बैंकद्वारा ईभी चार्जिङ स्टेशन सञ्चालन

हिमाल प्रेस २२ जेठ २०८२ ११:४१
8
SHARES
ग्लोबल आइएमई बैंकद्वारा ईभी चार्जिङ स्टेशन सञ्चालन

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (ईभी) चार्जिङ स्टेशन स्थापना गरेको छ। बैंकले आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो।

बिहिबार आयोजित एक विशेष कार्यक्रमकाबीच बैंकका संचालक कृष्णप्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्तरूपमा चार्जिङ स्टेशनको उद्घाटन गरे। गाडी चार्ज प्रा.लि.सँगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिगंल गनको ४० किलोवाट क्षमता रहेको छ।

उक्त चार्जिङ स्टेशनमा बैंकमा सेवाको लागि आउने ग्राहक र बैंकको कर्मचारीहरूलाई गाडी चार्ज गर्ने व्यवस्था गरिएको छ। कार्यक्रममा बैंकका संचालक शर्माले बैंकले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गरी वातावरण अनुकूल ईभीको प्रर्वद्धनको पहलको रूपमा चार्जिङ स्टेशनको स्थापना गरेको जानकारी दिए।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको बताए।

उक्त कार्यक्रममा बैंकका उच्चपदस्थ कर्मचारी र गाडी चार्ज प्रा.लि.कोप्रतिनीधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २२ जेठ २०८२ ११:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast