
काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको थियो।
यस्तै बिहीबार चाँदीको मूल्य तोलामा २ हजार ७५ रुपैयाँ कायम भएको थियो। बुधबारको तुलनामा चाँदीको मूल्यमा कुनै फेरबदल नभएको महासंघको भनाइ छ।
प्रकाशित: २२ जेठ २०८२ १०:५४
प्रतिक्रिया