झापामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

हिमाल प्रेस २२ जेठ २०८२ ९:२९
4
SHARES
झापामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

झापा- झापाको दमक नगरपालिका-७ स्थित पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ यात्रीवाहक बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

दमकबाट केर्खातर्फ जाँदै गरेको मे१ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्र ०१-०२-०५२ प २२११ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटना मोटरसाइकल चालक मिलन थापा गम्भीर घाइते भएका थिए। उपचारका निम्ति उनलाई विराटनगरस्थित आर्य न्युरो अस्पतालमा लगिएको थियो।

उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

दुर्घटनापछि बसका चालक झापाको गौरादह नगरपालिका-४ का सरकार टुडु र दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: २२ जेठ २०८२ ९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast