
सर्लाही- सर्लाहीमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बुधबार बेलुकी ९:२० बजे सर्लाहीको बागमती नगरपालिका ११ बागमती पुलस्थित पूर्व-पश्चिम राजमार्ग सडकमा प्रदेश ३-०३-०१ ख ००७० नम्बरको कन्टेनरले डिब्बा गाडीले प्रदेश ३-०२-०१४ प ९८७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका १ पौराही टोलका २१ वर्षीय गोपाल योन्जनको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।
दुर्घटनाबाट गम्भीर घाइते भएका उनलाई मोडेल अस्पतालमा सामान्य उपचारपश्चात राति १० बजे थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो।
अस्पतालमा राति ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो।
कन्टेनर चालक मकवानपुरको भिमफेदी गाउँपालिका-५ का ३८ वर्षीय ओमबहादुर लो लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।