आईपीएलको विजयोत्सवमा बेंगलुरूमा मच्चियो भागदौड, ११ जनाको मृत्यु

हिमाल प्रेस २१ जेठ २०८२ २३:१०
50
SHARES
आईपीएलको विजयोत्सवमा बेंगलुरूमा मच्चियो भागदौड, ११ जनाको मृत्यु

काठमाडौँ- आईपीएलको विजयोत्सव मनाउने क्रममा बेंगलुरूमा भागदौड मच्चिँदा ११ जनाको ज्यान गएको छ भने ३३ जना घाइते भएका छन्।

आईपीएलको विजयोत्सव मनाउने क्रममा बंगलुरूस्थित चिन्नास्वामी स्टेडियमबाहिर बुधबार साँझ भागदौड मच्चिएर दुर्घटना भएको हो।

कर्नाटका मुख्यमन्त्री सिद्धारमैयाले पत्रकार सम्मेलन गरेर भागदौड मच्चिँदा ११ जनाको ज्यान गएको जानकारी दिए। उनले घटनाको छानबिन हुने बताए।

मुख्यमन्त्री सिद्धारमैयाले मृतक परिवारलाई जनही १० लाख नगद उपलब्ध गराउने घोषणा गरे।

उनले भागदौड मच्चिनेसक्ने आशंकाका कारण आरसीबी टिमलाई परेडको अनुमति नदिइएको जानकारी दिए।

भारतीय क्रिकेट बोर्डका उपाध्यक्ष राजीव शुक्लाले यति ठूलो संख्यामा भिड भेला हुने कसैले अनुमान नगरेको बताएका छन्।

स्टेडियमभित्र विजयोत्सव चलिरहँदा रोयल च्यालेन्जर्स बेंगलुरू (आरसीबी) को जितको उत्सव मनाउन स्टेडियमबाहिर एक लाखभन्दा बढी समर्थक भेला भएका थिए।

आरसीबी टिमलाई स्वागत गर्न र १८ वर्षपछि आइएपीएल ट्रफी जितेको खुसियाली मनाउन युवा, महिला, पुरुषका साथै वृद्धवृद्धा सडक छेउमा उभिएका थिए।

‘चिन्नास्वामी स्टेडियमको गेटमा भागदौड मच्चियो। यो घटना भएको बेला स्टेडियमको गेट बन्द थियो। ठूलो संख्यामा भेला भएका मानिसहरू एउटा सानो गेट तोड्ने प्रयास गरिरहेका थिए। यसै क्रममा भागदौड मच्चियो,’ एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धत गर्दै बीबीसीले जनाएको छ।

मंगलबार राति गुजरातको अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको १८ औँ संस्करणको आईपीएल फाइनलमा पञ्जाब किंग्सलाई ६ रनले पराजित गरेर आरसीबीले उपाधि हात पारेको हो। १८ वर्षको आईपीएल इतिहासमा आरसीबीले पहिलोपटक उपाधि जितेको हो।

प्रकाशित: २१ जेठ २०८२ २३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast