भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्ने प्रतिबद्धता आए सदन चल्छ : पाण्डे

हिमाल प्रेस २१ जेठ २०८२ १९:४०
18
SHARES
भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्ने प्रतिबद्धता आए सदन चल्छ : पाण्डे

काठमाडौँ– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा सरकारका तर्फबाट छानविन समिति गठन गर्ने प्रतिवद्धता आए सदन सञ्चालन हुने बताएका छन्।

बुधबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले प्रधानमन्त्री, कानूनमन्त्री वा सरकारका तर्फबाट कोही पनि मन्त्रीले छानविन समिति गठन गर्ने प्रतिवद्धता मात्र जनाए सदन सञ्चालन हुने बताएका हुन्। प्रतिपक्षी लचक भएर छानविन समिति गठनको प्रतिवद्धतामात्र माग गर्दा पनि सत्तापक्ष त्यसमा तयार नभएको उनले बताए।

पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई नै किटान गरेर आरोप नलगाएको तर गृहमार्फत रहने निकायको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने धारणा राखे।

उनले सदन चले आफ्ना कुराहरु सदनमा नै राख्ने बताए। संसदमा १३ गतेदेखि उठाएका विषयमा प्रतिपक्षी दल कायमै रहेको उनको भनाइ छ।

प्रकाशित: २१ जेठ २०८२ १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast