
काठमाडौँ- नेकपा माओवादी केन्द्रको मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान अनिश्चितकालका लागि स्थगित भएको छ ।
जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणमा सञ्चालन हुने भनिएको जागरण अभियान प्रतिकूल मौसमका कारण हाललाई स्थगित गरिएको हो ।
मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेपछ अभियान स्थगित गरिएको माओवादी नेता गणेशमान पुनले जानकारी दिए ।
प्रकाशित: २१ जेठ २०८२ १३:५८
प्रतिक्रिया