यार्सागुम्बासहित एक पक्राउ

हिमाल प्रेस २१ जेठ २०८२ १०:३८
116
SHARES
यार्सागुम्बासहित एक पक्राउ

काठमाडौँ- संखुवासभामा यार्सागुम्बासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको सिंजा गाउँपालिका-३ का ऐनबहादुर शाही रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

हिजो खाँदबारी-३ सुमनचौकमा जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याएको एक किलो ६ सय ७० ग्राम अवैध यार्सागुम्बासहित शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका शाहीलाई प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाएको छ।

प्रकाशित: २१ जेठ २०८२ १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast