कसले लुकायो बालुवामा ११ सय किलो गाँजा?

हिमाल प्रेस २१ जेठ २०८२ ९:४५
52
SHARES
कसले लुकायो बालुवामा ११ सय किलो गाँजा?

इटहरी- सुनसरीको हरिनगरा गाउँपालिका–५ र ६ को सीमास्थित कटान खोलाको बगर क्षेत्रमा बालुवामुनि लुकाइ राखिएको अवस्थामा ठूलो मात्रामा गाँजा बरामद गरिएको छ।

प्रहरी चौकी घुस्कीमा प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक कमल विष्टको कमान्डमा ७ जना, प्रहरी चौकी घुस्कीका प्रहरी नायब निरीक्षक सुरेश यादवको नेतृत्वमा ४ जना, सुरक्षा बेस बसन्तपुरका प्रनानि विष्णु बहादुर दनुवारको नेतृत्वमा ३ जना, र जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रनानि महेश ढकालको नेतृत्वमा ६ जना प्रहरी परिचालन गरिएको थियो।

त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल घुस्कीका सप्रनि नरेन्द्र घिमिरे र सशस्त्र प्रहरी बल वसन्तपुरका सप्रनि इन्द्रजंग थापाको कमान्डमा थप २० जना सशस्त्र प्रहरी खटिएको संयुक्त टोलीले उक्त क्षेत्रको विस्तृत खोजतलास गर्दा बालुवामुनि गाडिएको अवस्थामा प्लास्टिकका ३८ वटा बोरामा प्याक गरिएको लागूऔषध गाँजा बरामद गरिएको हो।

बरामद गरिएको गाँजाको तौल करिब एक हजार एक सय २० किलोग्राम रहेको सुनसरी प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि उक्त गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको प्रहरीको भनाइ छ।

गाँजा कहाँबाट कसले ल्याएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ जेठ २०८२ ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast