
काठमाडौँ- आईसीसी विश्वकप लिग २ मा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ। स्कटल्यान्ड, नेदरल्यान्ड्स र नेपाल सम्मिलित लिग २ अन्तर्गतको त्रिकोणात्मक शृंखलाको नेपालले आज आफ्नो दोस्रो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो।
स्कटल्यान्डको फोर्टहिल डुन्डीमा खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ।नेपालले सिरिजको पहिलो खेलमा स्कटल्यान्डविरुद्ध चमत्कारिक जित निकालेको थियो। नेदरल्यान्ड्सविरुद्धको पछिल्लो पाँच खेलमा नेपालले दुई जित र तीन हार ब्यहोरेको छ।
प्रकाशित: २१ जेठ २०८२ ७:१७
प्रतिक्रिया