वीरेन्द्रनगरमा लागुऔषधसहित एक महिला पक्राउ

हिमाल प्रेस २० जेठ २०८२ २१:२८
162
SHARES
वीरेन्द्रनगरमा लागुऔषधसहित एक महिला पक्राउ

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले सोमबार राति वीरेन्द्रनगर–१२ नारायण टोलस्थित एक कोठामा छापा मार्दै उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ स्थायी घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी २८ वर्षीया शर्मिला कुमारी बस्नेत रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बस्नेत बस्दै आएको कोठा तथा शौचालय क्षेत्रसमेत खानतलासी गर्दा चरेसजस्तो देखिने कालो डल्लो पदार्थ १७ ग्राम ३६० मिलिग्राम, अफिमजस्तो देखिने भिजेको गिलो पदार्थ ५ ग्राम ७२० मिलिग्राम र अफिमको बीउजस्तो देखिने सेतो दाना ५ किलोग्राम ३७० ग्राम बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार लागुऔषधको स्रोत, सञ्जाल र सम्भावित संलग्नता सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। उनीविरुद्ध लागुऔषध (नियन्त्रण) ऐनअनुसार मुद्दा दर्ता गरी म्याद थप गरिएको उनले बताए।

पक्राउ परेकी बस्नेत लागुऔषधको ओसारपसार तथा बिक्री वितरणमा संलग्न भएको आशंकामा अनुसन्धान थालिएको र यससँग जोडिएका अन्य व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २० जेठ २०८२ २१:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast