
काठमाडौँ- सार्वजनिक यातायात व्यवसायीहरूले मंगलबार आन्दोलन फिर्ता लिएका छन्। गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धी नियमावली एक महिनाका लागि रोकेपछि यातायात व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन्।
मंगलबार साँझ बसेको सार्वजनिक यातायात बचाउ संघर्ष समितिको बैठकले तत्कालका लागि आन्दोलन फिर्ता लिने निर्णय गरेको बैठकमा उपस्थित एक यातायात व्यवसायीले जानकारी दिए।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गरेको छ।
प्रकाशित: २० जेठ २०८२ २१:०४
प्रतिक्रिया