काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बन

हिमाल प्रेस २० जेठ २०८२ १७:३०
22
SHARES
काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनीमाथि कारबाही गर्दै निलम्बन गरेका हुन्।

गुरागाईंले केही दिनअघि पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। गुरागाईंलाई कार्यालय प्रवेशमा अवरोध पुर्‍याएको आरोप पाण्डेमाथि छ। साे विषयमा पाण्डेले दिएको स्पष्टीकरण चित्तबुझ्दो नलागेपछि निलम्बनको निर्णय गरिएको हो।

पाण्डे निलम्बनसँगै नगर प्रहरी प्रमुखको जिम्मा एसपी विष्णु जोशीलाई दिइएको छ। उनी हाल महानगरको विपद् व्यवस्थापन शाखामा कार्यरत छन्। जोशीले आफूलाई अनौपचारिक रूपमा जानकारी आएको भन्दै आधिकारिक जानकारी पर्खिरहेको बताए।

निलम्बनपछि पाण्डेले कुनै प्रतिक्रिया जनाएका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast