डिजिटल सामग्री निर्माताका लागि अवसर, एनसेल ‘लीग अफ क्रिएटर्स’ खुला

हिमाल प्रेस २० जेठ २०८२ १६:१६
10
SHARES
डिजिटल सामग्री निर्माताका लागि अवसर, एनसेल ‘लीग अफ क्रिएटर्स’ खुला

काठमाडौँ- एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा देशव्यापी रूपमा ‘लीग अफ क्रिएटर्स’ अभियान सुरु गरेको छ। डिजिटल सामग्री निर्माणमा रुचि राख्ने युवालाई लक्षित यो अभियानले नेपालभरि छरिएर रहेका सिर्जनात्मक प्रतिभाहरूको पहिचान र सशक्तिकरण गर्ने उद्देश्य लिएको छ।

‘क्रिएट, कम्पिट, कन्कर’ भन्ने नारासहित अघि बढाइएको प्रतियोगिताले १६ वर्ष माथिका नेपाली युवालाई ‘माइ नेटवर्क, माइ कनेक्टिभिटी’ विषयमा आधारित भर्टिकल भिडियो तयार गरी सामाजिक सञ्जालमा प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्छ।

सहभागीहरूले ३० देखि ९० सेकेन्डको भिडियो तयार गरी टिकटक र इन्स्टाग्राममा @Ncell ट्याग गर्दै #NcellLeagueOfCreators2025 र आफ्नो टिम मेन्टर ह्यासट्याग (जस्तै #TeamSanjog) राखेर पोस्ट गर्नुपर्नेछ। भिडियो पोस्ट गर्नको अन्तिम म्याद जेठ २७, २०८२ तोकिएको छ।

प्रतियोगिताबाट छनोट भएका ५० जना क्रिएटर्सलाई चर्चित व्यक्तित्व तथा डिजिटल सामग्री निर्माताहरू सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारद्वारा विशेष प्रशिक्षण र मार्गदर्शन प्रदान गरिनेछ। यी सहभागीहरू ५ वटा टिममा बाँडिएर एनसेल आइकन कार्यशालामा भाग लिनेछन् जहाँ सिर्जनात्मक चुनौतीहरूको सामना गर्दै व्यावसायिक अनुभव प्राप्त गर्नेछन्।

अभियानको उत्कृष्ट विजेता असार १४ गते आयोजना हुने ग्रान्ड फिनालेमार्फत घोषणा गरिनेछ। विजेताले एनसेलसँग एक वर्षका लागि १० लाख रुपैयाँ बराबरको ब्रान्ड डिल जित्नेछ। यस्तै, अन्य उत्कृष्ट प्रतिभाहरूलाई पनि विशेष पुरस्कार, प्रशिक्षण र नेटवर्किङको अवसर प्रदान गरिनेछ।

एनसेलकी मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले भने,‘यो अभियान सिर्जनात्मक प्रतिभाहरूको विकास यात्रा हो। हामी डिजिटल सामग्रीमार्फत परिवर्तन ल्याउन सक्षम नेपाली युवाहरूलाई प्रोत्साहित गर्न प्रतिबद्ध छौँ।’

प्रतियोगिता सहभागी हुन कुनै शुल्क लाग्दैन र सहभागीहरू नेपालमै रहनुपर्नेछ। सामग्री मूल्यांकन एनसेल र अमेरिकी दूतावासका प्रतिनिधिहरूद्वारा गरिनेछ।

थप जानकारी र सहभागिताका लागि www.ncell.com.np/en/individual/league-of-creators मा जानुपर्नेछ। अब समय आएको छ- आफ्नो प्रतिभा देखाउने, कथा सुनाउने र डिजिटल दुनियाँमा आफ्नो पहिचान बनाउने। ‘लीग अफ क्रिएटर्स’ मा सहभागी बनौं।

प्रकाशित: २० जेठ २०८२ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast