विपद् व्यवस्थापनमा सरकार जुटेको छ : सहरी विकासमन्त्री सिंह

हिमाल प्रेस २० जेठ २०८२ १५:५६
14
SHARES
विपद् व्यवस्थापनमा सरकार जुटेको छ : सहरी विकासमन्त्री सिंह उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह

काठमाडौँ- उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्षात्को मौसममा हुनसक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै बागमती नदीमा गेग्र्यान हटाउने काम भइरहेको बताएका छन्। उनले सम्भावित जोखिम रहेका ठाउँमा अहिले काम भइरहेको बताए।

वर्षात्को पूर्वसन्ध्यामा सहरी विकास मन्त्रालयअन्तर्गत देशभर रहेका स्थानीय सडक, पुल र बेली ब्रिजलगायत पूर्वाधारमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयको पूर्वतयारीका बारे पूर्वाधार विकास समितिमा बोलाइएको बैठकमा उपप्रधानमन्त्री सिंहले विगतमा भएका घटनाबाट पाठ सिक्दै मन्त्रालयले पूर्वतयारी गरिररहेको बताए।

‘विगतका घटनाबाट पाठ सिक्नुपर्छ। नदी समयमा सफा गर्नुपर्छ। उपत्यकामा नदीको बढेको सतह घटाउनुपर्छ भनेर यहाँहरूले जोड दिनुभएको छ। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदीमा काम सुरु गरिसकेको छ,’ उनले भने।

उपप्रधानमन्त्री सिंहले विपद् आउनुअघि नै समितिले ध्यानाकर्षण गराएकामा धन्यवाद व्यक्त गर्दै मौसम पूर्वानुमानको रिपोर्टअनुसार आवश्यक सतर्कता अपनाइने बताए।

बागमती सभ्यताका आयोजना निर्देशक नारायणप्रसाद भण्डारीका अनुसार नख्खु क्षेत्र, बालकुमारीदेखि मनोहरा दोभानसम्मको क्षेत्रमा गेग्र्यान हटाउने काम भइसकेको छ।

अहिले बल्खु क्षेत्र, सुन्दरीजलभन्दा तल गोकर्ण क्षेत्र र गुह्येश्वरस् क्षेत्रमा नदीबाट गेग्र्यान हटाउने काम भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast