महिला एकदिवसीय क्रिकेट विश्वकपको समयतालिका सार्वजनिक

हिमाल प्रेस १९ जेठ २०८२ २१:१७
14
SHARES
महिला एकदिवसीय क्रिकेट विश्वकपको समयतालिका सार्वजनिक

काठमाडौँ- महिला विश्वकप क्रिकेट २०२५ को समयतालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट बोर्ड (आईसीसी) ले सोमबार महिला विश्वकप क्रिकेटको समयतालिका सार्वजनिक गरेको हो।

महिला एकदिवसीय विश्वकप क्रिकेटको १३ औँ संस्करण आगामी ३० सेप्टेम्बरदेखि २ नोभेम्बरसम्म भारतको पाँच मैदानमा सञ्चालन हुने आईसीसीले जनाएको छ।

महिला विश्वकपमा भाग लिने आठ टिममा भारत, अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, न्युजिल्याण्ड, श्रीलंका, बंगलादेश र पाकिस्तान छन्।

विश्वकपको पहिलो सेमिफाइनल २९ अक्टुबरमा भारतको गुवाहाटी वा श्रीलंकाको कोलम्बोमा हुनेछ। त्यस्तै दोस्रो सेमिफाइनल ३० अक्टुबरमा बेंगलुरूमा हुनेछ।
फाइनल खेल २ नोभेम्बरमा बेंगलुरू वा कोलम्बोमा आयोजना हुनेछ।

आईसीसीले जनाएअनुसार पाकिस्तान नकआउटमा पुगे पहिलो सेमिफाइनल र फाइनल कोलम्बोमा हुनेछ।

प्रकाशित: १९ जेठ २०८२ २१:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast