अफलाइन बार्गेनिङ गर्ने र बढी भाडा लिने २७८ राइडरमाथि कारबाही

हिमाल प्रेस १९ जेठ २०८२ २१:०३
28
SHARES
अफलाइन बार्गेनिङ गर्ने र बढी भाडा लिने २७८ राइडरमाथि कारबाही

काठमाडौँ- राइड सेयरिङ एपमार्फत् यात्रुहरूसँग बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने राइडरहरूलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ। कार्यालयका अनुसार २७८ जनालाई पक्राउ गरी कारबाही गरिएको हो।

सोमध्ये यात्रुहरूलाई हैरानी गर्ने ६० जनालाई विभिन्न प्रहरी कार्यालयमा बुझाइएको छ। २१८ चालकलाई भने यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरेर छाडिएको ट्राफिक प्रहरीले जनाएको छ।

सोमबार यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन बन्द गरेको मौका छोपी राइडरहरूले बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासो आएपछि ट्राफिक प्रहरीले जाँच गरेको थियो।

प्रकाशित: १९ जेठ २०८२ २१:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast