हुन्डी कारोबारमा संलग्न एक भारतीयसहित दुई जना पक्राउ

हिमाल प्रेस १९ जेठ २०८२ २०:४६
20
SHARES
हुन्डी कारोबारमा संलग्न एक भारतीयसहित दुई जना पक्राउ

काठमाडौँ- हुन्डी कारोबारमा संलग्न एक भारतीयसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई वीरगन्ज महानगरपालिका–२१ स्थित परवानीपुर चोकबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर गाउँपालिका–२ बस्ने २५ वर्षीय सुरेशकुमार बर्णवाल र भारत बिहार जिल्ला बेतीया बकुलहर बस्ने १९ वर्षीय सत्यम कुमार रहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।

मधेश प्रदेश ०३–०२९ प ४९७४ नम्बरको मोटरसाइकलमा सबार दुवै जनाको झोला जाँच गर्दा स्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको डीएसपी लम्सालले बताए।

पक्राउ परेका दुवै जनामाथि हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा पर्सा जिल्ला अदालतबाट तीन दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ जेठ २०८२ २०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast