जंगली च्याउ खाँदा अछाममा तीन जना बिरामी

हिमाल प्रेस १९ जेठ २०८२ १८:२८
10
SHARES
जंगली च्याउ खाँदा अछाममा तीन जना बिरामी प्रतिकात्मक तस्बिर।

अछाम- अछाममा जंगली च्याउँ खाँदा तीन जना बिरामी परेका छन्।

आफ्नो घर नजिकै रहेको जंगलमा खेल्ने क्रममा आज (सोमबार) विषालु च्याउ खाएपछि रामारोशन गाउँपालिका-७ सुतार निवासी तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी बिरामी परेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले तीनै जनाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको बताए।

प्रकाशित: १९ जेठ २०८२ १८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast