गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्दैन : माओवादी

हिमाल प्रेस १९ जेठ २०८२ १८:०७
28
SHARES
गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्दैन : माओवादी

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा छानविनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ।

सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दल बैठकले भिजिट भिसा प्रकरणमा सेटिङ भएको प्रष्ट देखिएकाले छानविनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ भन्ने दलको निष्कर्ष रहेको माओवादी उपमहासचिव वर्षमान पुनले जानकारी दिए।

अहिलेसम्मको परिस्थिति हेर्दा गृहमन्त्रीको राजीनामाको अडानबाट पछि हट्न नसक्ने उनले बताए। उपमहासचिव पुनले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर विपक्षीले मात्रै नभइ आम सञ्चारमाध्यम र जनसमूदायले नै भनिरहेको अवस्थामा गृहमन्त्रीले छानविनमा सहयोग गर्नुपर्ने उल्लेख गरे।

मंगलबार संसद बैठक भन्दा अगाडी विपक्षी दलको बैठक बसेर थप रणनीति तय गर्ने उनले बताए।

प्रकाशित: १९ जेठ २०८२ १८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast