क्लासेन र मैक्सवेलले लिए संन्यास

हिमाल प्रेस १९ जेठ २०८२ १७:२२
14
SHARES
क्लासेन र मैक्सवेलले लिए संन्यास

काठमाडौँ– दक्षिण अफ्रिका क्रिकेट टिमका ब्याटर हेनरिक क्लासेनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। क्लासेनले सामाजिक सञ्जाल इन्स्टाग्राममा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन्।

‘आज मेरो लागि ज्यादै कठिन दिन हो, किनभने मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेको छु,’ उनले लेखेका छन्,‘मेरो र मेरो परिवारको भविष्यका लागि उपयुक्त निर्णय गर्न ज्यादै समय लाग्यो। यो ज्यादै कठिन निर्णय थियो। तर, म यो निर्णयबाट सन्तुष्ट छु।’

उनले ६० एकदिवसीय एकदिवसीय म्याचमा ४३.६९ को औसतले २ हजार १४१ रन बनाएका छन्। उनका सर्वोत्कृष्ट स्कोर १७४ रहेको छ।

त्यस्तै ५८ टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले १४१.८५ को स्ट्राइक रेटले एक हजार रन बनाएका छन्। यसअघि क्लासेनले चारवटा टेस्ट क्रिकेट खेलेर जनवरी २०२४ मा संन्यास लिएका थिए।

क्लासनेले आईपीएल–२०२५ मा सनराइजर्स हैदराबादबाट खेलेका थिए।

त्यस्तै अस्ट्रेलियाका क्रिकेट ग्लेन मेक्सवेलले एकदिवसीय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।

मैक्सवेलले १४९ एकदिवसीय म्याचमा ३ हजार ९९० रन बनाएका छन्। उनको उच्च स्कोर २०१ (नटआउट) रहेको छ। मैक्सवेलले आफ्नो एकदिवसीय क्रिकेटको सुरुवात सन् २०१२ मा अफगानिस्तानविरूद्ध गरेका थिए।

मैक्सवेलले एकदिवसीय करियरमा ७७ विकेट पनि लिएका छन्। जारी आईपीएलमा उनले पञ्जाब किंग्सबाट खेलेका थिए।

प्रकाशित: १९ जेठ २०८२ १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast