उपत्यकामा सशस्त्र प्रहरी बलको नि:शुल्क बस सेवा सञ्चालन

हिमाल प्रेस १९ जेठ २०८२ १५:४५
24
SHARES
उपत्यकामा सशस्त्र प्रहरी बलको नि:शुल्क बस सेवा सञ्चालन

काठमाडौँ– काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरुको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले सोमबार दुईवटा बस सञ्चालन गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बस स्वयम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म सञ्चानल भइरहेको छ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्व , महाराजगन्ज हुँदै रिङरोडमा सञ्चालन भइरहेको छ।

सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरुलाई गन्तव्यसम्म पु¥याउन सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
‘राइड सेयरिङ’ लाई सरकारले वैधता दिएको विरोधमा यातायात व्यवसायीले देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ।

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ लाई वैधानिकता दिएको विरोधमा गण्डकीबाट सुरू भएको सार्वजनिक यातायात बन्द देशभर आह्वान गरिएको छ।
यातायात व्यवसायीले बन्दको आह्वान गरेपछि सोमबार काठमाडौँमा सार्वजनिक यातायातका साधनहरू बस, ट्याक्सी, टेम्पो सञ्चालनमा आएका छैनन्।

प्रकाशित: १९ जेठ २०८२ १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast