संसद् सधैँ बन्द हुँदैन, मंगलबारदेखि चल्छ : प्रधानमन्त्री

हिमाल प्रेस १९ जेठ २०८२ १५:२६
40
SHARES
संसद् सधैँ बन्द हुँदैन, मंगलबारदेखि चल्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले संसद् अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताएका छन्। नेकपा एमालेको संसदीय दलको आज बानेश्वरमा भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मंगलबारदेखि संसद्का नियमित गतिविधि सञ्चालन हुने बताए।

‘मंगलबारदेखि नियमित संसद् चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुरा गर्न खोजेको छु,उहाँ सम्पर्कमा आउनुभएन। वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला। यस्तो व्यवहार सधैँ चल्दैन। संसद् सधैँ बन्द हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ, जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन। त्यसकारण यस्ता कुरामा संसद् अवरुद्ध हुँदैन। भोलिदेखि सदन चल्छ।’

सडकमा कुनै समूहले केही माग लिएर बस्दा दौडिएर समर्थन गर्ने, सदन पनि अवरोध गर्ने यस्ता कामले प्रतिगमनलाई सहयोग पुग्ने तथा लोकतन्त्रलाई असहयोग हुने प्रधानमन्त्री ओलीको भनाइ थियो।

उनले राजतन्त्र आजको बहसको विषय नै नभएको बताए। ‘आजको समाजमा जन्मिँदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मुर्खता हो। भारत र चीन वा अमेरिकामा निर्वाचित जनप्रतिनिधिले चलाएका छन्। केही देशमा खुम्चिएर राजतन्त्र टिकेको छ। दुनियाँमा राजतन्त्रको वैज्ञानिकता र न्यायिकता केही छैन। यस्तो बेलामा नेपालमा राजतन्त्र पुनः स्थापनाको कुरा गर्नेहरुको चेतनाको स्तर देख्दा दया लागेर आउँछ’, प्रधानमन्त्री ओलीले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast