किन स्थगित गरे राजावादीले आज आन्दोलन?

हिमाल प्रेस १९ जेठ २०८२ ११:०१
28
SHARES
किन स्थगित गरे राजावादीले आज आन्दोलन?

काठमाडौँ- राजावादीले आज (सोमबार) आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। राजसंस्थापनाका लागि गठित समितिको आन्दोलन कमान्डर नवराज सुवेदीका अनुसार आज राजपरिवार हत्याको शोकको दिन भएकाले कार्यक्रम स्थगित गरिएको हो।

सुवेदीद्वारा जारी विज्ञप्तिमा तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको दिनको सम्झनामा आज कार्यक्रम स्थगित गरिएको बताइएको छ। शोकका दिन जुलुस, धर्ना र आन्दोलनजन्य कार्यक्रम नगर्ने समितिले जनाएको छ।

दिवंगत राजपरिवारको सम्झनामा आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दीप प्रज्ज्वलन गर्ने विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: १९ जेठ २०८२ ११:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast