नेपाली महिला टोलीले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै

हिमाल प्रेस १९ जेठ २०८२ १०:४८
नेपाली महिला टोलीले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौँ- एएफसी महिला एसियन कप-२०२६ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज थाइल्यान्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो। खेल थाइल्यान्डको पथुम थानीस्थित थम्मासत स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ५ बजे सुरु हुनेछ।

थाइल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले गत शुक्रबार थाइल्यान्डसँग बन्द रंगशालामा अभ्यास खेल खेलेको थियो। सो खेलमा नेपाल १–० ले पराजित भएको थियो। नेपाल आज पुनरागमन जितको खोजीमा हुने छ।

प्रकाशित: १९ जेठ २०८२ १०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast