
काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिरासतमुक्त भएपछि व्यंग्यात्मक शैलीमा प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिएका छन्।
आइतबार (जेठ १८) काठमाडौंमा प्रदर्शनक्रममा आफूहरूले निषेधित क्षेत्र र कानुन नतोडेको उनले उल्लेख गरेका छन् ।
‘धन्यवाद प्रम केपी ओली र गृहमन्त्री रमेश लेखकज्यू, तपाईंहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति,’ थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामीले निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ ।’
उनले कटाक्षपूर्ण रूपमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई धन्यवाद भनेका हुन् ।
प्रकाशित: १९ जेठ २०८२ १०:१६
प्रतिक्रिया